सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

डिसी नेपाल
२८ मंसिर २०८१ १४:४९
256
Shares

काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन्।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ। बिहीबार स्वास्थ्य परीक्षण गराउँदा जोशीलाई डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनी भर्ना भएका हुन्।

जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *