यस्तो छ मौसमी पूर्वानुमान, जिल्ला तोकेरै सतर्क रहन चेतावनी

डिसी नेपाल
१ भदौ २०७६ १८:३४
4
Shares

काठमाडौं। विगत केही दिन कम सक्रिय रहेको मनसुन फेरि सक्रिय देखिएको छ। पछिल्ला दुई दिन यता देशैभर मनसुन सक्रिय रहँदा केही स्थानमा बाढीले क्षतिसमेत गरेको छ। शनिबार कर्णालीको मुगुमा बाढीले ठूलो क्षति गरेको थियो।

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ ६ बजे मौसमी पूर्वानुमान जारी गर्दै तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन चेतावनी दिएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार साँझ ६ बजेको समयमा राजधानी काठमाडौंलगायत देशको मध्य र पश्चिमका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भइरहेको छ । साथै पूर्वी भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलि भई एकदुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

शाखाका अनुसार आइतबार राती देशका मध्य र पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका मध्य र पश्चिमी भू–भागका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

यस्तै सोमबार दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केहि स्थानहरु र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिम तथा मध्य भूभागको एक दुइ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै सोमबार राती देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य र पश्चिमि भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

मंगलबार दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राती देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश तथा मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको देशको पुर्वी भूभागको थोरै स्थानहरूमा र मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जनबाटबच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिम तथा मध्य भू–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *