एनपिएलः चितवनले जनकपुरलाई दियो एक सय ८१ रनको लक्ष्य

डिसी नेपाल
२९ मंसिर २०८१ १४:३२
196
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई एक सय ८१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८० रन बनाएको हो। चितवनका लागि कप्तान कुशल मल्लले शानदार पारी खेले। ४१ बलको सामना गरेका उनले ७२ रन बनाए। मल्लले तीन चौका सात छक्का प्रहार गरे।

यस्तै रवि बोपाराले ४४ रनको पारी खेले। उनले कुशलसँग मिलेर चौथो विकेटको लागि एक सय १३ रनको शतकीय साझेदारी गरे। ओपनर हसन इशाखिल २८ रन बनाउँदा सन्तोष कार्की १४ बनाए।

यता बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए। हर्ष ठाकेर, माेहम्मद माेहसिन र जिमी निशामले समान एक एक विकेट लिए।

प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाब छ। प्लेअफमा स्थान बनाइसकेको जनकपुर पनि जित हासिल गर्दै शीर्ष दुई पक्का गर्ने लक्ष्यमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *