रामेछापमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
काठमाडौं । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
शनिबार मध्यान्ह करिब १२ बजे खाँडादेवी गाउँपालिका-६ माकादुममा ना ६ त ७८२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका चालक रामेछापकै ३७ वर्षीय खिलबहादुर भुजेलको उपचारको क्रममा मृत्यु भएको हो।
गाल्पाबाट गोगनपानी जाँदै गरेको ट्याक्टर सडकबाट २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment