नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै

डिसी नेपाल
३० मंसिर २०८१ ७:०५
304
Shares

काठमाडौं। यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन्।

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौं गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ।

पोखराको यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौं खेल हो। यो टोली चार खेलमा विजयी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *