प्रधान सेनापति सिग्देल आज स्वदेश फर्किँदै
काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल आज स्वदेश फर्किँदैछन्। गत मंगलबार भारतको औपचारिक भ्रमणमा गएका उनलाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित बिशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन्।
यसैगरी, प्रधानसेनापति सिग्देलले हिजो भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका थिए।
‘प्रधान सेनापति महारथी अशोक राज सिग्देल देहरादुनस्थित इन्डियन मिलिटरी एकडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भई अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नुभयो’ नेपाली सेनाले हिजो जनाएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment