एबीसी न्यूजले डोनाल्ड ट्रम्पलाई १ करोड ५० लाख डलर तिर्ने
काठमाडौं । एबीसी न्यूजले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध गरेको टिप्पणीका लागि दायर गरेको मानहानि मुद्दाको समाधान गर्न १५ मिलियन डलर तिर्नेछ ।
एबीसी न्यूजका स्टार एन्कर जर्ज स्टेफानोपोलोसले यस वर्ष मार्च १० मा एक अन्तर्वार्तामा ट्रम्पलाई ‘बलात्कारका लागि जिम्मेवार’ भेटिएको टिप्पणी गरेका थिए।
रकम हस्तान्तरणसँगै एबीसी न्यूजले ‘खेद’ व्यक्त गर्दै विज्ञप्ति पनि प्रकाशित गर्नेछ । यसबाहेक उसले ट्रम्पको कानुनी शुल्कका लागि १ मिलियन डलर पनि दिनेछ । एबीसी न्यूजका प्रवक्ताले भने ‘कम्पनीले मुद्दा खारेज गर्न सम्झौता गरेकोमा खुशी छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment