लिगानेससँग बार्सिलोना पराजित

डिसी नेपाल
१ पुष २०८१ ७:५१
236
Shares

काठमाडाैं। स्पेनिस ला लिगामा बार्सिलोनाले खराब प्रदर्शन गरेको छ।

बार्सिलोना सोमबार बिहान राति भएको खेलमा लिगानेससँग १-० गोलले पराजित भएको हो। लिगानेसका गोन्जालोजले खेलको चार मिनेटमा गरेको गोल नै बार्सिलोनालाई भारी पर्‍यो। लिगानेसविरूद्ध बार्सिलोनाका कुनै खेलाडीले स्कोर गर्न सकेनन्।

यो हारसँगै बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमाएको छ। लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १८ खेलमा ३८ अंक छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अंक छ। लिगानेस १७ खेलमा १८ अंक साथ लिगाको पन्ध्रौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *