अञ्जना र नाजिरलाई खेलाउँदै पुष्पन प्रधानले ल्याए नयाँ गीत
काठमाडाैं। लोकप्रियताको शिखर चुम्दै गरेका गायक पुष्पन प्रधानले नयाँ गीत निकालेका छन्।
पूर्णबहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराईली र अभिनेता नाजिर हुसेनलाई खेलाउँदै पुष्पनले नयाँ गीत निकालेका हुन्। उनको नयाँ गीत जि टू वान डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो।
गीतको भिडियोलाई जि टू वानका प्रमुख समेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन्।
बन्धकी शीर्षक दिइएको गीतलाई रोमान्टिक जनरामा तयार गरिएको छ जसमा शब्द,संगीत र गायन पुष्पन प्रधानले एकल रुपमा गरेका छन्।
“बन्धकी“ सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ, र यो प्रशंसकहरू र नयाँ श्रोताहरू बीच समान रूपमा मनपर्ने हुने अपेक्षा गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment