१२३ किलो गाँजासहित सुनसरीबाट एक पक्राउ
सुनसरी । प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्।
अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान-१७ कै जंगलछेउ पुगेर नियन्त्रणमा लिएको थियो।
टेम्पोको तलासी लिँदा सात वटा बोरामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment