चलचित्र ‘एक्टर’ को प्रचार, प्रसार तीव्र

डिसी नेपाल
२ पुष २०८१ १०:०७
40
Shares

काठमाडौं। प्रदर्शन मिति नजिकिएसँगै चलचित्र ‘एक्टर’ को प्रचार, प्रसारलाई निर्माण पक्षले तिब्रता दिएको छ।

यसै सिलसिलामा आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’ को रोमान्टिक गीतको भिज्ज्वल ओएसआर डिजिटल मार्फत सार्वजनिक गरेको छ।

रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर रहेको गीतका संगीतकार सम्राट थापा हुन्। भिज्ज्वलमा नायक प्रिन्स थापा र कविता नेपालीलाई मुख्य भुमिकामा देखाईएको छ।

नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र बनेको निर्माता मनोहरी थापाले बताए।

‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ।

यसमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन, मदन घिमिरेको निर्देशन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *