शान्त र स्निग्ध ओशो तपोवन (तस्वीरहरू)

अनिल पोख्रेल
३ पुष २०८१ ७:१३
236
Shares

काठमाडाैं। काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो।

वरिपरि हरिया पहाडहरूको बीचमा अवस्थित तपोवन साँच्चिकै मनमाेहक छ। हरियो जंगल, कलकल बग्ने पानीको बीचमा पारिलो घाम पर्ने दक्षिणतर्फ़ फर्किएको एउटा पहाडमा स्वामी आनन्द अरुणले स्थापना गरेका हुन्।

आवासीय सुविधासहितको ध्यान केन्द्र, साधकहरूलाई खानपिनका लागि सुव्यवस्थित ‘सुजाता किचेन’, विपश्यना ध्यानका लागि नवनिर्मित बुद्ध मन्दिरलगायत ओशोको समाधिस्थल, शिवपुरी बाबाको मन्दिर तथा आगन्तुकहरूलाई परमसत्य मृत्युको बोध गराउने मृत्यु पार्क आदि तपोवनका मुख्य आकर्षण हुन्।

तपोवनको ओशो समाधि नजीक शिवपुरीबाबा मन्दिर निर्माण गरिएको छ। यहाँ मौन ध्यान गर्न उत्तम वातावरण छ। ‘सन्त दर्शन’ पुस्तक बिक्रीको रकमबाट मन्दिर निर्माण गरिएको हो। यति मात्रै होइन, स्वामी आनन्द अरूणले मन्दिरसँगै एउटा अद्भूत पार्क निर्माण गरेका छन्। त्यो हो मृत्यु पार्क। पार्कमा मृत्यु झल्काउने खालका केही कलाकृति राखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *