धरानबाट १९० किलो गाँजा बरामद

डिसी नेपाल
२ पुष २०८१ १५:२१
132
Shares

काठमाडौं । सुनसरीको धरानबाट सशस्त्र प्रहरी बल नेपालले १९० किलो गाँजा बरामद गरेको छ।

धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट मंगलबार दिउँसो करिब १९० किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।​

भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरी ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश धरानले बरामद गरेको हो।

कारलाई जाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए।

बरामद गाँजा, कार, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *