काठमाडौंबाट १७ जुवाडे पक्राउ

डिसी नेपाल
२ पुष २०८१ १६:३८
368
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहराबाट प्रहरीले १७ जुवाडेलाई पक्राउ गरेको छ। सोमबार राति कागेश्‍वरी मनोहरा नगरपालिका–४ स्थित डाँछीको नयाँ गाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

डाँछीका ३३ वर्षीय हस्तबहादुर तामाङसहित १७ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ६५ हजार ४०० रुपैयाँ र १९ दाना ओखरसहित पक्राउ गरेको जनाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *