दाङमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

डिसी नेपाल
२ पुष २०८१ १८:४४
460
Shares

दाङ । ट्रकको ठक्करबाट सोमबार बेलुकी एक जनाको मृत्यु भएपछि मंगलबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

ट्रकको ठक्करबाट दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरका १८ वर्षीय सोनु गुरुङको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै उनका आफन्तले मंगलबार अपराह्नदेखि राप्ती गाउँपालिका-२ लालमटियामा सडक अवरुद्ध गरेका हुन्।

सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम यात्रा गर्ने गाडी अलपत्र परेको प्रहरीले जनाएको छ। सुर्खेतबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-२, कटेश नालामाविपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गुरुङको मृत्यु भएको थियो।

दुर्घटनामा घाइते चालकलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *