रुसी जनरलको हत्यामा संलग्न रहेको आरोपमा उज्बेक नागरिक पक्राउ

डिसी नेपाल
३ पुष २०८१ १३:५५
456
Shares

काठमाडौं । रुसको सुरक्षा सेवाले जनरल इगोर किरिलोभको मृत्युको सम्बन्धमा उज्बेकिस्तानी नागरिकलाई पक्राउ गरेको जनाएको छ।

मंगलबार रुसको आणविक रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभको मस्कोमा भएको विस्फोटमा मृत्यु भएको थियो ।

विस्फोटक पदार्थ स्कुटरमा लुकाइएको थियो । यस घटनामा एक सैनिक अधिकृतका एक सहायकको पनि मृत्यु भएको छ ।

युक्रेनले घटनाको जिम्मेवारी लिएको छ र रुसले यसलाई ‘आतंकवादी कार्य’ भनेको छ।

रुसको सरकारी मिडिया एजेन्सीले रुसको सुरक्षा सेवालाई उद्धृत गर्दै २९ वर्षीय उज्बेक नागरिकलाई हिरासतमा लिएको जनाएको छ । उनलाई युक्रेनी गुप्तचर विभागले भर्ती गरेको थियो।

युक्रेनी सुरक्षा स्रोतहरूले भनेअनुसार जनरल किरिलोभले धेरै युद्ध अपराध गरेका कारण युक्रेनको निशानामा थिए।

यसैबीच, रुसको केन्द्रीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले बुधबार एक २९ वर्षीय व्यक्तिलाई ‘आतङ्कवादी हमला गरेको’ आशंका गरिएको जनाएको छ।

एक विज्ञप्तिमा भनिएअनुसार सोधपुछको क्रममा ती युवकले ‘युक्रेनको विशेष सेवाबाट भर्ती गरिएको’ स्वीकार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *