पाँचौं एपिक म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौं। एपिक नेपाली म्युजिक प्रालिको आयोजनामा मध्यपुर थिमी नगरपालिका दुई पोखरी भक्तपुरमा वितरण गरिने ‘पाचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ को पाँचौं संस्करणको उत्कृष्ट ५ मनोनयन एक कार्यक्रम बीत सार्वजनिक गरेको छ।
प्रत्येक वर्ष हुदै आएको एपिक नेपाल म्युजिक अवार्डमा यस वर्ष ३२ बिधामा आवर्ड प्रदान गरिने छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका दुई पोखरीमा सम्पन्न हुने उक्त आवर्डलाई बिशेष गरी देश भित्रका विभिन्न पुरातात्विक वस्तु, बिबिध संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्ड कार्यक्रम बितरण मिति चाडै नै एक कार्यक्रमको आयोजना गरि जानकारी गराइने संयोजक राजेन्द्र पुरीले बताए।
अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडल देखि निर्देशकहरुलाई पनि समेटिएको आयोकले जनाएको छ । आवर्डमा नेपाली मौलिक भाकाहरुका चलचित्रका गीत साथै काँठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment