फिल्म ‘देव वाणी’ यही पुस १० गते देखि प्रदर्शनमा आउने

डिसी नेपाल
४ पुष २०८१ १२:३७
48
Shares

काठमाडौं। प्रतिक्षित फिल्म ‘देव वाणी’ यही पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ। फिल्मको रिलिजको मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दीरमा पूजा गरेका छन्।

निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापाली लगायतको उपस्थितिमा गरिएको पूजामा काल र्भरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्वलन गरिएको छ।

पूजाआजा पछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। प्रचारको लागि फिल्मका नायक कुन्दन भारद्वाज केही दिनमै नेपाल आउने उनले बताए। नायिका लेप्चाले फिल्मलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिइन्।

फिल्ममा अभिनेता कुन्दन भारद्धाज र अभिनेत्री अनुजा लेप्चालाई डेब्यू गराइएको छ। बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहेको छ ।

एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ। फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्।

फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ ।

सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *