प्रकाश सपुतको ‘वसन्त’ ३८ दिनमा प्याकअप
काठमाडाैं। गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यू निर्देशकिय सिनेमा ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा सिनेमाको सम्पूर्ण छायांकन प्याकअप गरिएको हो। बुधबार सिनेमाको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको हो।
आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुतको विश्वास छ। गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको छ।
सिनेमामा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ। यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन्। सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment