चार जनाको आक्रमणमा परी वडाध्यक्षको टाउकोमा गम्भीर चोट

डिसी नेपाल
६ पुष २०८१ ११:३०
296
Shares

सुर्खेत । कालीकोटमा एक जना वडाध्यक्षमाथि आक्रमण भएको छ। कालीकोटको महावै गाउँपालिका-३ का वडाध्यक्ष पदमबहादुर सिंहमाथि आज बिहान ४ जनाको समूहले आक्रमण गरेको हो।

घरमै बसिरहेको अवुथामा चार जनाको समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ। मदिरा सेवन गरेको आरोपमा जीवन सिंह, तारा सिंह, टोप सिंह र घमन्ड शाहीको समूहले धारिलो हतियार प्रयोग गरेर सिंहमाथि आक्रमण भएको बताइएको छ।

उनको टाउकोमा गहिरो चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ। महावै गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा घटनालाई ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणका रूपमा व्याख्या गरिएको छ। दोषीहरूविरुद्ध कडा कारबाहीको माग गरिएको छ। आक्रमणपछि फरार रहेका आरोपितको प्रहरीले खोजी थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *