गाजाको शरणार्थी शिविरमा इजरायलको आक्रमणमा २५ जनाको मृत्यु

डिसी नेपाल
८ पुष २०८१ १४:४८
60
Shares

काठमाडौं । इजरायलले फेरि प्यालेस्टिनी नागरिकमाथि आक्रमण गरेको छ । इजरायली सेनाले मध्य गाजा पट्टीको नुसिरत शरणार्थी शिविरमा हवाई आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

सोही समयमा एउटा अपार्टमेन्टलाई लक्षित गरी भएको आक्रमणमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ । यी आक्रमणमा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ ।

इजरायलले अपार्टमेन्टमा हमास लडाकुहरू लुकेको सूचना पाएको बताएको छ। त्यसपछि उसले यो हमला गरेका उसको दाबी छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा मारिएका सबै साधारण व्यक्तिहरू भएको बताएको छ । यससँगै प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले इजरायली सेनाको आक्रमणमा पूरै क्षेत्रमा ३३ जनाको मृत्यु भएको बताएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलले हालैका दिनहरूमा गाजामा आफ्नो हवाई हमलालाई तीव्र पारेको छ। त्यो पनि एक वर्षदेखि जारी इजरायली बमबारी रोक्ने वार्ता भइरहेका बेला । कतारदेखि इजिप्टसम्म गाजामा युद्धविरामका लागि वार्ता भइरहेको छ । यससँगै अमेरिकी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार इजरायलको भ्रमणमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *