ट्रम्पका नजिकका सहयोगीलाई लागुऔषध सेवन र नाबालिगसँग यौन सम्बन्धलगायत धेरै आरोप

डिसी नेपाल
९ पुष २०८१ १३:४२
116
Shares

काठमाडौं । रिपब्लिकन पूर्वसांसद म्याट गेट्सले आफ्नो कार्यकालमा सेक्स र ड्रग्समा हजारौं डलर खर्च गरेको आरोप लागेको छ ।

अमेरिकाको प्रतिनिधि सभाको आचार संहिता समितिको प्रतिवेदनमा गेट्समाथि यी आरोप लगाइएको हो ।

अवैध ड्रग्स सहित म्याट गेट्स विरुद्ध अन्य आरोपहरूबारे अनुसन्धान गरिएको छ। गेट्स सोही व्यक्ति हुन् जसलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ताको रूपमा मनोनीत गरेका थिए।

समितिले ४२ वर्षीय गेट्सले आफ्नो २०१८ बहामास भ्रमणको क्रममा अनुमति दिइएको सीमाभन्दा बढी उपहार प्राप्त गरेको प्रमाण पनि फेला पारेको छ।

तर, गेट्सले आफूमाथि लागेका यी आरोपहरूलाई सधैँ अस्वीकार गर्दै आएका छन् ।

यी विवादका बीच उनले अमेरिकी महान्यायाधिवक्तामा मनोनित भएपछि आफ्नो नाम फिर्ता लिएका थिए ।

अमेरिकी कंग्रेसनल एथिक्स रिपोर्टले भनेको छ, “गेट्सले वेश्यावृत्ति, नाबालिगहरूसँग यौन सम्बन्ध, अवैध लागूपदार्थको प्रयोग र उपहार स्वीकार गरेर सदनका नियमहरू र आचरणका अन्य मापदण्डहरू उल्लङ्घन गरेको ठोस प्रमाणहरू छन्।”

रिपोर्टमा भनिएअनुसार २०१७-२०२० को बीचमा गेट्सले १२ विभिन्न महिलाहरूलाई ९० हजार डलर भन्दा बढी भुक्तानी गरेका थिए। समितिले सम्भावित रूपमा यसलाई यौन गतिविधि वा लागूपदार्थको प्रयोगसँग जोड्न खोजिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *