‘कुन देवको सृष्टी हौ’ मा भुवन र उषा

डिसी नेपाल
१० पुष २०८१ ११:५४
156
Shares

काठमाडौं। गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत ‘कुन देवको सृष्टी हौ’ को भिडियो सार्वजनिक भएको छ।

क्रिशमस २०२४ को अवसर पारेर बुधबार यो गीतको भिडियो सार्वजनिक गरिएको गीतकार भुवनले बताएका छन्। गीतको भिडियोलाई कृपा फाउन्डेसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

यो गीतमा गायक सविन सुवेदी र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। ‘ कुन देवको सृष्टी हौ’ लाई भुवन लोहनीले नै लेखेका हुन्। गीतमा संगीतकार बसन्त सापकोटाले संगीत सृजना गरेका छन् । यो गीतलाई डोरेमी स्टुडियोमा भानुभक्त ढकालले रेकर्डिङ गरेको गरेका हुन् । गीतलाई श्याम बागदासले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

यो गीतमा मोडल भुवन लोहनी र उषा उप्रेतीको अभिनय रहेको छ। यो आधुनिक गीत प्रेम भावमा तयार गरिएको छ। गीतको भाव अनुसारकै यसको भिडियो तयार गरिएको छ।

भिडियोमा भुवन र उषाको जोडी सुहाएको छ। उनीहरु बीचको प्रेम सम्बन्धलाई भिडियोमा कथानक रुपमा प्रस्तुत गरिएको छ। ‘कुन देवको सृष्टी हौ’ को भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि मौसमकै रहेको छ । नवराज उप्रेतीले खिचेको यो गीतको भिडियोमा सम्पादन तथा रंग संयोजन मनोज कार्कीको रहेको छ ।

केही वर्ष यताबाट अमेरिकामा बस्दै आएका लोहनीले आधा दर्जन भन्दा बढी भिडियोमा मोडलिङ गरिसकेका छन् । मोडल भुवनको अघिल्लो महिना बाबा आमा गीतको भिडियो रिलिज भएको थियो भने लगत्तै उनकै अभिनयमा यो नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *