युक्रेनको पावर प्लान्टमा रूसको ठूलो मिसाइल आक्रमण

डिसी नेपाल
१० पुष २०८१ १६:०६
644
Shares

काठमाडौं । क्रिसमसको दिन रुसले युक्रेनका धेरै सहरमा ब्यालेस्टिक र क्रुज मिसाइलले आक्रमण गर्न थालेको छ ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले भने, “शत्रुले फेरि हाम्रा ऊर्जा संयन्त्रहरूमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ।”

यी आक्रमणका कारण विद्युत् आपूर्ति तत्कालका लागि बन्द गरिएको उनले बताए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा धेरै विष्फोटहरू भएका छन्।

ऊर्जामन्त्रीले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । हमला रोकिएपछि मात्र विद्युत कम्पनीले क्षतिको आँकलन गर्ने उनले बताए ।

खार्किभका मेयर इओर तेरेखोभले सहरमा ठूलो मात्रामा मिसाइल प्रहार गरिएको बताएका छन्। उनले शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र कम्तीमा तीन जना घाइते भएको बताएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यद्यपि सहरका क्षेत्रीय प्रमुख ओलेह सिनिहुबोभले रुसी हवाई आक्रमणमा कम्तीमा ६ जना घाइते भएको बताएका छन् ।

धेरै भवनमा क्षति पुगेको जानकारी आएको छ । यो सहर युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा पर्छ जुन रुसको सिमाना नजिक छ।

हालैका महिनाहरूमा रुसले युक्रेनको अधिकांश पावर ग्रिडमा आक्रमण गरेको छ। जसका कारण राजधानी किभ, निप्रो र युक्रेनको अन्य धेरै क्षेत्रमा धेरै पटक ब्ल्याकआउट जस्तो अवस्था देखिएको छ ।

युक्रेनको सबैभन्दा ठूलो निजी विद्युत कम्पनी डिटेकले रुसले आफ्नो थर्मल पावर प्लान्टमा आक्रमण गरी गम्भीर क्षति पुर्याएको बताएको छ ।

कम्पनीले किभ, निप्रोपेट्रोभस्क र ओडेसामा विद्युत आपूर्ति अवरुद्ध हुने बताएको छ। कम्पनीले यो वर्ष युक्रेनी उर्जा प्लान्टमा रुसले गरेको १३ औं आक्रमण भएको पनि बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *