ओलीको पार्टी निष्कासन निर्णयविरुद्ध उत्रिन भीम रावलको अपिल

डिसी नेपाल
११ पुष २०८१ १६:१५
1.5k
Shares

काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध उत्रिन भीम रावलले अपिल गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयविरुद्ध उत्रिन आफ्ना समर्थकलाई आग्रह गरेका छन्।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ उनले लेखेका छन्।

ओलीले आफूलाई पार्टीबाट निष्कासन गरेर सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही चरित्र देखाएको उनको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *