बैतडीको वनारसीधाममा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने

डिसी नेपाल
३ भदौ २०७६ ११:३४

बैतडी । जिल्लामा विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। मानसखण्ड पुराणमा उल्लेख भएअनुसार पाटन नगरपालिका–६ को चौखुडामा रामेश्वरम् र वडा नं ३ को वनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गर्न लागिएको हो।

नेपालका प्रथम ऐतिहासिक जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन तथा अनुसन्धान गरेअनुसार ज्योर्तिलिङ्ग स्थापना गर्ने कार्य शुरु गरिएको रामेश्वरधाम संरक्षण समितिका संयोजक कमल बोहराले जानकारी दिए। पातालभुवनेश्वर धामबाट बग्ने रामगङ्गा नदी (बगडी) र सरयु नदी ९सुर्नया०को सङ्गमस्थल वडा नं ६ चौखुडामा ज्योर्तिलिङ्ग स्थापना गरिने बोहराले जानकारी दिए।

यस्तै पौराणिक सरयु ९सुर्नया० नदीको किनार वडा नं ३ स्थित बनारसीधाममा विश्वनाथ ज्योर्तिलिङ्ग स्थापना गरिने भएको छ। दुवै ठाउँमा ज्योर्तिलिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गर्न जगत्गुरु देवाचार्यको उपस्थितिमा शिलान्याससमेत गरिएको छ।

विश्वनाथधाममा मन्दिर निर्माणका लागि धनीदत्त भट्ट र रामेश्वरधाममा मन्दिर निर्माणका लागि रामसिंह विष्टको अध्यक्षतामा समितिसमेत गठन गरिएको छ। जिल्लालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न ज्योर्तिलिङ्ग स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने जगत्गुरु देवाचार्यले बताए।

पुराणमा लेखिएका कुराका बारेमा जानकारी नहुँदा र यहाँका धार्मिकस्थलको प्रचारप्रसार नहुँदा प्रसिद्ध धाम ओझेलमा परेका उनले बताए। यहाँका तीर्थको महिमाका बारेमा पुराणमा उल्लेख गरिएको भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेका जगत्गुरुको भनाइ छ।

तीर्थाटनका लागि हजारौँ खर्च गरेर भारतका विभिन्न स्थानमा जाने परिपाटी भएकाले आफ्नै ठाउँका तीर्थको पहिचानका लागि आफूले अभियानसमेत चलाएको उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *