सुकुटे पुगे प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। सोमबारका लागि तय भएको पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन्।
सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए।

सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएका छन् ।
सिन्धुपाल्चोक माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको गृह जिल्ला हो । प्रचण्डलाई प्रतिनिधि सभा सदस्य एवं माओवादी नेता माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्यहरु सरल सहयात्री पौडेल, युवराज दुलाल, नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ लगायतले स्वागत गरेका थिए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment