श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डिसी नेपाल
२९ पुष २०८१ २१:५५
140
Shares

अमरगढी (डडेल्धुरा)। डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ। घरायसी विवादका क्रममा २४ वर्षीया श्रीमती अस्मिता थापामगरलाई गोली हानेर हत्या गरेको भन्दै ३२ वर्षीय डम्बरबहादुर थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादकपदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए। लगत्तै प्रहरीचौकी बागबजारका प्रहरी निरीक्षक चन्द्रसिंह धामीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको र थापामगरलाई घरदेखि करिब दुई सय मिटर टाढा जंगलमा भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

हाल निजलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *