ह्याकरले प्रहरीको डिजीटल बोर्डमा लेखे ‘आइ लभ यू चित्रा’

डिसी नेपाल
१ माघ २०८१ १५:३५
1.4k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको छ।

धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्ड ह्याक गरेर ‘आइ लभ यू चित्रा’ लेखिएको पाइएको छ। गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजीटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ।

प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यू चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा छाइरहेको छ।

प्रहरीले डिजीटल बोर्ड ह्याक भएको विषयमा बुझिरहेको बताएको छ। उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *