भारतीय बालकको अपहरण, पेस्तोलसहित तीन जना पक्राउ

डिसी नेपाल
१ माघ २०८१ १६:२८
248
Shares

सर्लाही । १५ वर्षीय बालकको अपहरण घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका-४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य सितामडी राजवाडा ग्रामपंचायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह छन्।

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले ब्रम्हपुरी गाउँपालिका-४ स्थित रामजी साह बस्ने गरेको घरकोठाबाट बालकको सकुशल उद्धार गरी अपहरणमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, सोही पेस्तोलमा प्रयोग हुने गोली दुई राउण्ड, मोवाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बिआर ०६ बिटि २८५० नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

उनीहरूमाथि जिल्ला अदालत सर्लाहीबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा सात दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *