रिहा भए पछि रविले भने, ‘यो देशमा न्याय मरेको छैन, न्यायलयलाई धन्यवाद’

डिसी नेपाल
२ माघ २०८१ १९:५१
936
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।

उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन्। उनले अदालतबाट बाहिरिँदै गर्दा छोटो प्रतिक्रिया दिँदै न्यायलयलाई धन्यवाद दिएका छन्।

उनले भने, ‘सबै सबै जनालाई धेरै धेरै धन्यवाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान व्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाई धन्यवाद दिन चाहान्छु, न्यायलयलाई विशेष धन्यवाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *