कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा
काठमाडौं। नेपाली कांग्रेसले सहकारी रकम अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा आज भएको थुनछेक बहस सकिएपछि अदालत परिसरभित्रै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गरिएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेसले आज विज्ञप्तिमार्फत विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको उल्लेख गर्दै यो घटना दुःखदायी भएको जनाएको हो। विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने कांग्रेसको भनाइ छ।
उक्त घटनाको कांग्रेसले निन्दा र भत्सर्ना गर्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment