बोटे समुदायको विकास लागि राज्यले विशेष रुपले सोच्नुपर्छ : प्रचण्ड
चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष रुपले सोच्नुपर्ने बताएका छन्।
बिहीबार चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदीवासी जनजातीमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताएका हुन्।
बोटे समुदायलाई आदीवासी जनजातीमा राखेको हुनाले बोटे जातिको विकासका लागि आफूले पनि जोड दिएको उनले बताए। साथै अध्यक्ष प्रचण्डले अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा बोटे समुदाय पुग्न सक्नु समग्र समुदायको नै प्रगति भएको उल्लेख गरे।
चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुगेका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए।
सो अवसरमा बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए। अध्यक्ष प्रचण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment