वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण निन्दनीय : कांग्रेस नेता विष्ट

डिसी नेपाल
३ माघ २०८१ १५:१५
384
Shares

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता आनन्द विष्टले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण निन्दनीय भएको बताएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिका अध्यक्षसमेत रहेका विष्टले घटनाको विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि न्यायालय परिसरभित्रै भएको आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिका परिवार घोर निन्दा र भर्त्सना गर्दछ। आक्रमण विधि र कानुनी शासनविरुद्ध खुल्ला चुनौती हो। यस किसिमको अराजक गतिविधिमा संलग्न जोकोही व्यक्ति भए पनि कानुन अनुसार दण्डनीय हुनुपर्छ। न्यायालय परिसरमै कानुन व्यवसायीमाथि यसरी आक्रमण हुनु सुरक्षाको कमजोरी पनि हो। उदण्ड र अराजक गतिविधि गर्ने यस्ता व्यक्तिलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सरकारसँग जोडदार माग समेत गर्दछु,’ उनले भने।

बुधबार रास्वपा सभापति रवि लामिछाने सम्बन्धी बहस सकिएर अदालत बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास भएको थियो। यसको चौतर्फी विरोध भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *