मानवअधिकारसहित संसदका दुई समितिको बैठक बस्दै
काठमाडाैं। संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्टिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजे बस्नेछ।
यसैगरी, बिहान १०ः३० बजेका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। जुन बैठकमा पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment