विपक्षी दलले पत्रकार सम्मेलन गर्दै

डिसी नेपाल
४ माघ २०८१ १४:५६
176
Shares

काठमाडौं। संघीय संसदका विपक्षी दलहरूले सहमति जुटाएका छन्। नेकपा माओवादी केन्द्रका बर्षमान पुन र नेकपा एसका बेदुराम भुषालले तयार पारेको ड्राफ्ट फाइनल भए पछि पत्रकार सम्मेलनका आयोजना गर्दैछन्।

पत्रकार सम्मेलन अहिले केही बेरमा ३ः०० बजे बानेश्वरस्थित संसद भवनमा सुरू हुँदैछ। बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो।

गत बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए। तर, अन्तिम समयमा स्थगित भए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो चितवन, माडी पुगेका थिए।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *