बलिउड अभिनेता अर्जुन कपुरसहित ६ गम्भीर घाइते
मुम्बइ । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ। फिल्मको सेटबाट प्राप्त जानकारी अनुसार अभिनेता ‘मेरे हसब्यान्ड की बीवी’को सुटिङमा थिए।
एक्कासी सेटको छत खसेर दुर्घटना भएको हो। यस दुर्घटनामा अर्जुन कपुर, निर्देशक मुदस्सर अजिजसहित ६ जना घाइते भएका छन्।
बलिउड हंगामाको रिपोर्ट अनुसार रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’को सुटिङ चलिरहेको थियो। समाचारका अनुसार फिल्मको गीतको छायांकन भइरहेका बेला अचानक सेटको छाना खसेको हो।
सेटमा अर्जुन कपुरसँगै फिल्मकी अभिनेत्री पनि थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment