फिल्म ‘रंगी’ टिजर र गीत ‘छ भने माया’ का कारण चर्चामा

डिसी नेपाल
६ माघ २०८१ ११:१४
48
Shares

काठमाडौं। आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन्।

सलोन नै प्रस्तुतकर्ता रहेको फिल्मको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन्। उनीहरुले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट फिल्मको प्रचारप्रसार सुरु गरेका छन्। गायकगायिका तथा फिल्मका कलाकारलाई महोत्सव आफ्नो फिल्म तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन्।

सलोनका अनुसार महोत्सवमा दुर्गेशले ‘छ भने माया’ गाउँदा सलोन भने नाँचेका थिए। उनले आफू पहिलो पटक निर्माताका रुपमा दर्शकमाझ आउन लागेकाले आफ्ना अघिल्ला फिल्महरुजस्तै ‘रंगी’लाई पनि माया गरिदिन आग्रह गरे। ‘महोत्सवमा सयौं दर्शकमाझ फिल्मको प्रचारप्रसार गर्न पाउँदा निकै खुशी लाग्दो रहेछ । दर्शकले हाम्रो फिल्मलाई राम्रो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु’, उनले भने।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्म ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा सलोन, नम्रता र आयुषीसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *