वेब सिरिज “द लास्ट ट्रिप” को पहिलो शृङ्खला युट्युबमा सार्वजनिक
काठमाडौं। डान्सिङ समूह कार्टुन्ज क्रुजले निर्माण गरेको जम्बिजसम्बन्धी वेब सिरिज “द लास्ट ट्रिप” को पहिलो शृङ्खला युट्युबमा सार्वजनिक भएको छ।
यो सिरिजको निर्माण ,कथा, पटकथा र निर्देशन सरोज अधिकारी आफैले गरेका छन । कार्यकारी निर्मातामा विजय अधिकारी छन्।
सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरब ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिशेल घिमिरे, परिक्षित बिक्रम राना, आयुष्मा भट्ट ,सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, संगीता शर्मा बस्याललगायतको अभिनय छ।
पहिलो सिजनमा ४ एपिसोड सार्वजनिक हुनेछ । संकल भुजेलको छायांकन र सुरोज अधिकारीको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ। ‘एड्भेन्चर’, ‘कमेडी’, ‘हरर’,’रोमान्टिक ड्रामा’ विधामा आधारित यो वेब सिरिजको सिक्ववेल दर्शकको मागअनुसार निर्माण गर्ने तयारी रहेको बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment