काठमाडौंको वायु अस्वस्थकर, १८३ एक्यूआईसम्म पुग्यो प्रदूषण तह

डिसी नेपाल
१० माघ २०८१ १२:३८
396
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ। बिहीबार ११:३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ।

शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ।

काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।

काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ। साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्नसक्ने पूर्वानुमान गरिएको छ।

काठमाडौंमा मात्र नभएर आज धनकुटाको वायु पनि अस्वस्थकर छ। त्यहाँ एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६ पुगेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *