सरकारले नागरिकलाई सन्तुष्ट पारेको छ : महेश बर्तौला

डिसी नेपाल
११ माघ २०८१ १६:२३
956
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले एमाले नेतृत्वको सरकारप्रति नागरिक सन्तुष्ट रहेको बताएका छन्।

आज हेटौंडामा आयोजित दूग्ध विकास संस्थान कर्मचारी संगठन नेपालको १२औं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै बर्तौलाले कांग्रेस-एमाले गठबन्धन सरकारले जनता सन्तुष्ट हुनेगरी काम गरेको बताए। एमाले नेतृत्वको सरकारले माओवादीले गरेको अराजकतालाई चिर्दै नागरिकको सन्तुष्टी बटुल्ने काम गरिरहेको उनको दाबी छ।

माओवादीले दुई ठूला दलको काँध चढेर सरकारको नेतृत्व गर्ने अवसर पाएको बेला अराजकता बढेको उनले बताए। माओवादीले देशको नेतृत्व गरेका बेला मुलुक नै असफल हुने हो कि भन्ने चिन्ताको अवस्था सिर्जना भएकोले दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन्।

‘दुई ठूला दल सरकारमा सँगै भए पनि २०८४ को आम निर्वाचनको लागि घोषित प्रतिस्पर्धी हौँ। एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेरै तीन वर्ष बरालिएको अर्थतन्त्र ट्रयाकमा ल्याउने, बढ्नो निराशालाई आशामा बदल्नका लागि प्रयत्न गर्ने काम गर्नेछौं,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *