अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको दावेदारी
काठमाडाैं। नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। पटक पटक स्थगित हुँदै आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो।
भावी नेतृत्व तथा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ।
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जना शनिबार निर्वाचनबाट चुनिँदैछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment