एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड

डिसी नेपाल
१२ माघ २०८१ १३:५८
468
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चूनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।

उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीले समेत गरिसकेको उल्लेख गरे। प्रचण्डले माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरि अघि बढ्ने उल्लेख गरे।

उनले बिचौलियाको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रुपमा संख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहोर्‍याए। अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षी एक भएर सदन बोलाउन दबाब दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ।

प्रचण्डले अब विपक्षी सामूहिक रुपमा अघि बढ्ने र समाजवादी मोर्चार्लासमेत सक्रिय बनाउने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *