सरकार परिवर्तन हुन्छ भन्नु हावादारी कुरा : अर्थमन्त्री पौडेल

डिसी नेपाल
१२ माघ २०८१ १४:५४
60
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन्।

शनिबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा भएको बताए।

अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य २०८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले प्ररस्ट पारे। मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संसोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी तथा तस्करी नियन्त्रणमा सरकार लागिपरेको बतारे।

त्यस्तै उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबीसमेत गरे। गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचक सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ।

पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पूँजीगत खर्च बढ्ने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *