कांग्रेस बैठकमा विदेशी एजेन्टले तालिम दिए : शंकर भण्डारी
काठमाडौं । नेपाली कांग्रेस सांसद शंकर भण्डारीले संसदीय दलको बैठकमा अध्यादेशबारे विदेशी एजेन्टले प्रशिक्षण दिएको टिप्पणी गरेका छन्।
भण्डारीले बीआरआई कार्यान्वयन सम्झौता गराउन सत्ता गठबन्धनको सहयोगीका रूपमा काम गरेका अधिवक्ता सेमन्त दाहालतर्फ लक्षित गर्दै उक्त आरोप लगाएका हुन्।
विदेशी एजेन्टहरूले सांसदलाई तालिम दिनु गम्भीर चिन्ता र शंकाको विषय भएको भन्दै उनको भनाइ छ।
‘सभापतिजी जनआन्दोलनका कमाण्डर किसुनजीले पार्टी छाडेको इतिहास छ। यो बैठक सञ्जालन प्रक्रिया देखेर मलाई गम्भीर बनायो। जनताले जिताएरै पठाए त्यो नै सर्वोत्कृष्ट उत्तीर्ण हो तर यहाँ कुन विधाको मान्छे पढाइरहेको छ?’, भण्डारीले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment