माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई गर्ने

डिसी नेपाल
१४ माघ २०८१ १४:३०
116
Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले माघ २० गते न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाई गर्ने भएको छ ।

सिंहदरवारमा सोमबार बसेको समिति बैठकमा न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई गर्ने सन्दर्भमा समिति सचिवालयले तयार पारेको कार्यतालिका परिमार्जन सहित पारित गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिए।

कार्यतालिका अनुसार माघ २० गते बस्ने समितिको बैठकले खड्काको संसदीय सुनुवाई गर्ने बताए । खड्का विरुद्ध कुनै सूचना वा उजुरी भएमा जानकारी गराउन दिएको समयमा कुनै उजुरी प्राप्त नभएको समिति सभापति न्यौपानले बताए।

पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *