सेना दिवसमा वृहत्त पदर्शनी

डिसी नेपाल
१५ माघ २०८१ १४:४९
88
Shares

काठमाडौं । नेपाली सेनाले सेना दिवसका अवसरमा फोटो तथा वृहत् प्रदर्शनी आयोजना गरेको छ ।

मंगलबारदेखि जंङ्गी अड्डामा सुरु भएको फोटो तथा वृहत् प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ। प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायत गतिविधिको प्रदर्शनी समेत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिए।

आमनागरिकलाई सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सेनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *