विद्युतको ट्रान्सर्फमर भित्रका धातु चोरी

डिसी नेपाल
१६ माघ २०८१ १९:०२
260
Shares

रौतहट । पोलमा जडान गरिएको विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी गर्ने घटना पछिल्लो समयमा बढ्न थालेको छ। रौतहटको गौर नगरपालिका –१ स्थित दाल मिलको लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर खोलेरभित्र रहेका तामाको धातु चोरी गरी लगेको पाईएको हो।

११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी गरेको स्थानीयले बताएका छन।ट्रान्सफर्मर चोरी भएको घटनाका बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए।उनका अनुसार ट्रान्सफर्मर चोरीको घटनामा संलग्नहरूको खोजी भइरहेको छ।

चोरीको प्रकृति हेर्दा विद्युत सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुन सक्ने उनको भनाइ छ। ट्रान्सफर्मर खोल्न आधुनिक उपकरणको प्रयोग भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए। शंकास्पद व्यक्तिहरूलाई खोजी कार्य गर्दै अनुसन्धान अघि बढाइएको उनले बताए ।

विद्युतको ट्रान्सर्फमरमा महँगो मूल्यको धातु तामा रहने गरेकोले चोर सक्रिय भएको हुन सक्ने स्थानियको अनुमान छ। यस अघि माधवनारायण र मौलापुर नगरपालिकामा पोलमा जडान गरिएको ट्रान्सफर्मर खोलर फालिएको अवस्थामा फेला परेको थियो।

विगत केहीवर्ष यता रौतहटमा विद्युत ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गइरहेको छ। विद्युत ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गएपछि निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *