कालिम्पोङमा दीपक बज्राचार्य, कुटुम्ब ब्याण्ड र तृष्णा गुरुङ सांगीतिक प्रस्तुति
काठमाडौं । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड, कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भव्य सांगीतिक प्रस्तुति दिएका छन्।
कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबारदेखि चलेको तीन दिने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५’ मा पहिलो दिन कुटुम्ब ब्याण्ड, दोस्रो दिन दीपक बज्राचार्यको रिदम ब्याण्ड र तेस्रो दिन गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुती दिएका हुन्।

बुधबारको दीपक बज्राचार्यको कन्सर्टमा अहिलेसम्मकै धेरै दर्शक सहभागी भएको आयोजकले जनाएका छन्। गायक दीपक बज्राचार्य र उनको टिमले करिब २ घण्टा सम्म आफ्ना १५/१६ वटा नयाँ र पुरानो गीतमार्फत् दर्शकलाई नचाएका थिए। पश्चिम बंगालका नेपालीभाषी क्षेत्रमा सन् १९९१ देखि अहिलेसम्म गायक बज्राचार्यले करिव १५ पटक सांगीतिक प्रस्तुति दिइसकेका छन्।

त्यस्तै मंगलबारको नेपाली लोक वाद्य ब्यान्ड कुटुम्ब र बिहीबारको गायिका तृष्णा गुरुङको कार्यक्रममा पनि त्यतिकै दर्शकले मेला अवलोकन र सांगीतिक प्रस्तुतीमा झुमेका थिए। कालिम्पोङमा अहिलेसम्मको ठुलो मेला आयोजना गरिएको आयोजकले जनाएका छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment