फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक
काठमाडौं। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक भएको छ। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन्।
आगामी फेब्रुअरी ११ बाट छायांकनमा जाने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन्। पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ। अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन्।
निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ। ‘फिल्मका लागि हामीले चार सयजनाको अडिसन लिएका थियौं । तीमध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौं’, निर्देशक बस्नेतले भने।
फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ। फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन्। मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment